सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनको पार्टी कार्यालयमा ओली पक्षले लगायो ताला


  •    न्युजभित्तो/११ पुष २०७७, शनिबार १०:२२ 
  • चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । ओलि पक्षीय युवाहरुले आज शनिबार बिहान कार्यालयमा तालाबन्दी गरेका हुन् । कार्यालयमा सूचना टाँसी तालाबन्दी गरिएको हो ।

    सूचनामा लेखिएको छ – “स्वर्गीय जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद मूल सिद्धान्त अंगकार गरेको तत्कालिन नेकपा (एमाले) र फरक सिद्धान्त बोकेको नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । एकीकरणको हर्ष बोकेका हामीले एकीकरणको मर्मलाई स्वीकार गरी अघि बढिरहेको परिवेशमा आफ्नै पार्टीका प्रथम अध्यक्ष जसले सरकारको नेतृत्व गरिरहनुभएका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीप्रति घेरावन्दी गरिएको प्रति आपत्ति छ । अत्यन्त निकृष्ट व्यवहार देखाउने र महामहिम राष्ट्रपति तथा सम्मानिय प्रधानमन्त्रीप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताब पेस गर्ने दृष्टता गरिएकोप्रति हामी दुःख व्यक्त गर्दछौ ।”


    पार्टी नेतृत्वलाई नै वदनाम गर्ने गरी कार्यालयबाट गतिविधि भईरहेको भन्दै कार्यालयमा तालावन्दी गरिएको सूचनामा उल्लेख छ । सूचनामा लेखिएको छ “नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका सम्बन्धमा सबै नेतागणको एउटै राय र मनहरु एकै ठाउँमा रहने प्रति विश्वास व्यक्त गर्दै यस मदनआश्रीत भवनलाई कुनै एक पक्षको र गुटको आश्रयस्थलका रुपमा प्रयोग नगर्न, नगराउनका लागि भवनमा तालाबन्दी गरिएको जानकारी गराईन्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.