सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने


  •    न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार १६:०८ 
  • काठमाडौँ, १८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब)बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

    तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी तीनदिने तालीममा सहभागिता जनाउन आग्रह गरेको हो ।

    प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका दुईजना कर्मचारी वा कम्प्युटर शिक्षक तालीममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

    उक्त सम्झौताअनुसार प्राधिकरणले तीनदिने तालीम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको सङ्ख्याअनुसार तालीमको समय र स्थान छनोट गरिनेछ ।

    प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनौटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबिसिआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई (ओम्नी) लाई ६ महिनाको समय दिएको थियो । २०७६ साल भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै रु तीन अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो ।

    प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आइटी ल्याबमा करीब २४ वटा कम्प्युटर र दुई थान हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.