सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर रामनगरमा एनआइसि बैंकको एटिएम काउन्टर उद्घाटन


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार ११:०९ 
  • चितवन, १९ चैत । एनआईसि एसिया बैंकले चितवनको भरतपुरस्थित रामनगरमा एटिएम काउन्टर स्थापना गरेको छ । बैंकका सञ्चालक राजेन्द्र अर्याल र बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख शान्तिराज कोइरालाले संयुक्त रूपमा एटीएम काउन्टर उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक अर्यालले भरतपुर १ रामनगर क्षेत्र तीब्र शहरीकरण हुँदै गए पनि अहिलेसम्म एउटा पनि बैंकको शाखा तथा एटीएम काउन्टरसमेत नभएकोले जनताको सहजताका लागि काउन्टर स्थापना गरिएको बताए । उनले चाडैं नै बैंकले रामनगरमा शाखा खोल्ने आश्वासन दिए । सो कार्यक्रममा बोल्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख शान्तिराज कोइरालाले रामनगर क्षेत्रमा कुनै पनि बैंकको काउन्टर नहुँदा निकै सास्ती हुँदै आएको अनुभव आफूले गरेको बताए ।

    उनले चाँडै नै बैकले शाखा कार्यालय खोलेर जनतालाई सहज बनाउन सुझाव दिए । ट्राफिकले लिने जरिवाना डिपोजिट गर्न तथा प्रहरीहरूको तलव लगायतका काम गर्न रामनगरमा बैंक नहुँदा समस्या भएको ट्राफिक प्रहरी प्रमुख कोइरालाले बताए । सो कार्यक्रममा स्थानीय समाजसेवी तारा कुँवरले भरतपुर महानगरपालिकाको केन्द्रको नजिकै भएर पनि एउटासमेत बैंकको शाखा स्थानीय जनताले निकै समस्या भोगेको बताए ।

    राजधानी काठमाडौ,पोखरा लगायतका स्थानमा जाने आउने सवारी साधनहरूले यात्रुलाई खाना खान रोक्ने केन्द्रका रूपमा परिचित रामनगरमा आउने दिनमा बैंकिङ सेवा सहज हुने स्थानीयको विश्वास छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.