सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार १०:२० 
  • काठमाडौँ, १९ चैत । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

    कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका लक्ष्मी पुनलगायतले प्रतिगमनका विरुद्ध अग्रगामी सोच भएका पत्रकार मिलेर २६ औँ महाधिवेशनमा उम्मेदवारी दिएकाले मतदान गर्न आह्वान गनुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रमेश विष्टलाई समर्थन गर्दै सोही पदका उम्मेदवार ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिनुभएको जानकारी गराइएको थियो । यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार प्रकाश थापा, सचिव पदका उम्मेदवार नकुल अर्याललगायतले उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक समूहलाई सहयोग गर्ने घोषणा गर्दै विजयी बनाउन लागिपर्ने बताउनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.