राष्ट्रिय

कोरोना माहामारीले निम्त्याएको अर्थ सङ्कट टार्न यार्सागुम्बा सङ्कलन शुरु,
-न्युजभित्तो

 मनाङ, १३ वैशाख ।  कोरोना माहामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो ।...

काठमाडौंमा निषेधाज्ञाकाे तयारी, सार्वजनिक यातायात बन्द गरिने
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण बढ्दै गए पछि संक्रमण नियन्त्रणका लागि सोमबार काठमाठडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो। उक्त बैठकले काठमाडौं उपत्यकामा आगामी बैशाख...

पूर्वसांसद पौडेललाई मष्तिष्काघात
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना हुनुभएको छ । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका...

निषेधाज्ञाको निर्णय भइसकेको छैन, छलफलमै छौं : गृह मन्त्रालयका प्रवक्ता (दाहाल )
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । कोभिडको नयाँ लहर नियन्त्रणबाहिर जान लागेपछि सरकारले राजधानी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । यसका लागि गृहमन्त्रालयमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल भइरहेको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा लगाउने...

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन
-न्युजभित्तो

सर्लाही, १३ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड...

भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न
-न्युजभित्तो

भक्तपुर, १३ वैशाख । विनाशकारी भूकम्पको गएको छ वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । सोे अबधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन...

ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ
-न्युजभित्तो

मोरङ, १३ वैशाख । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ४४ वर्षीय कोमल प्रसाद गौतम,...

कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन : अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन...

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदै
-न्युजभित्तो

पोखरा, १२ वैशाख  । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल गर्ने तयारी छ । मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली...