सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फाष्ट ट्रयाकको ठेक्का प्रक्रिया रद्द गरी कागजात पठाउन सेनालाई लेखा समितिको ताकेता


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १५:२४ 
  • काठमाडौ, १६ वैशाख । फाष्ट ट्रयाकको दोस्रो प्याकेज ठेक्का प्रक्रिया रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेको छ ।

    ठेक्का प्रक्रिया अघि नबढाउनू भनेर बारम्बार गरिएको निर्देशनलाई अटेर गरेकाले ताकेता पत्र पठाएर प्रक्रिया रद्द गरिएको आदेश दिएको समिति सचिव रोजनाथ पाण्डेले बताए ।

    उनका अनुसार चैत १९ पछि लेखा समितिले ६ वैशाख र ९ वैशाखमा रक्षा मन्त्रालयलाई पत्र लेखेर फाष्ट ट्रयाकको दोस्रो प्याकेजको सुरुङ र पुल निर्माणसम्बन्धि खरिद प्रक्रिया रोक्न भनेको थियो । तर, सेनाले चैत १९ गते समितिले दिएको निर्देशन उल्लंघन गर्दै वैशाख १२ गते टेण्डर आव्हानको सार्वजनिक सूचना निकालेको छ ।

    टेण्डर आव्हान गरेपछि समितिले रक्षा मन्त्रालय र जङ्गी अड्डालाई पत्र काटेको हो ।

    समितिले सेनालाई पत्र काट्दै चैत १९ पछि सेनाले फाष्ट ट्रयाक सम्बन्धि के-के काम गर्‍यो सो को सबै कागजात समितिलाई बुझाउन पनि भनेको छ । सचिव पाण्डेका अनुसार सेनाले समितिको निर्देशन अटेर गर्दै सबै काम अघि बढाएपछि कागजपत्र पठाउन ताकेका गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.