सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिकम विकिसत राष्ट्र एकजुट हुनुपर्नेमा नेपालको जोड


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १४:४९ 
  • काठमाडौँ, १६ वैशाख  । नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ ।

    बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्या)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा बुधबार सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन मद्दत पुग्ने बताउनुभयो ।

    आर्थिक समृद्धि, व्यापार विविधिकरण तथा त्यसका संरचनागत अवरोध र बहुआयामिक गरिबी हटाउन अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको साझा प्रयास आवश्यक भएकामा उहाँले जोड दिनुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । उपाध्यक्ष कँडेलले कोरोना महामारीका कारण स्वास्थ्य, व्यापार, पर्यटन, यातायात, शिक्षा, कृषि तथा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको यथार्थ प्रस्तुत गर्दै रोगको फैलावट नियन्त्रण तथा सामाजिक र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.