सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड नियन्त्रणका लागि किनिएका उपकरण प्रयोगविहीन


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १४:३४ 
  • जलेश्वर, १६ वैशाख । कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् ।

    एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएका थिए ।

    अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला ती करोरौँका उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले स्वीकार्नुभयो । त्यस्तै गत वर्षमात्रै रु तीन करोड ४३ लाख खर्च गरेर बनाइएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा भेन्टिलेटर र आइसीयू सञ्चालन हुनसक्ने अवस्था नरहेकाले अहिलेसम्म दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन नसकेको बताउनुभयो । गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा रु आठ करोड बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको स्थानीयवासी शिवचन्द्र चौधरीले आरोप लगाउनुभयो ।

    अस्पतालमा अहिले कोभिड महामारीको सामना गर्न कुनै तयारी नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सतिश साहले बताउनुभयो । उहाँले उक्त अस्पताल अब स्थानीय निकाय मातहतमा गइसकेको र स्थानीय निकायबाट कोभिड नियन्त्रणको अहिलेसम्म ठोस कदम नचालिएकाले कोरोनाका बिरामी नराखिएको तथा उपचारसमेत शुरु नभएको बताउनुभयो ।

    भारतसँगको निर्वाध आवागमन र आफ्नै देशको राजधानीसहितका ठाउँबाट बिनाजाँच गरर जिल्लामा आवागमन जारी रहेका कारण विगत १५ दिन (वैशाख १ गतेदेखि १५ गतेसम्म) मा ७२ कोरोना सङ्क्रमित भइसकेका अस्पतालका कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.