राष्ट्रिय

प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा
-न्युजभित्तो

कर्णाली, १७ वैशाख । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका...

निषेधाज्ञाकाे पहिलो दिन सुनसान भरतपुर (फाेटाेफिचर)
-न्युजभित्तो

चितवन, १७ वैशाख । चितवनमा निषेधाज्ञा को पहिलो दिन  सडक सुनसान देखिन्छन् । कोरोनाको महामारीका कारण जिल्ला प्रशासन कार्यालयका चितवनले भरतपुर चितवनमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका चितवनका अनुसार निषेधाज्ञा बैशाख ३१ गतेसम्म लागु हुने छ। बैशाख १६...

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल
-न्युजभित्तो

चितवन, १७ वैशाख । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले...

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन
-न्युजभित्तो

पर्सा,१७ वैशाख । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो सङ्क्रमणका...

भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालको गम्भीर आपत्ति
-न्युजभित्तो

चितवन,१७ बैशाख । सरकारले भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी हुन् । सरकारले सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सिटी निर्माण प्रक्रिया अगाडि बढाएको छ । १२ वटा स्मार्ट सिटीको योजना अघि...

कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख । नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल...

चितवनमा आजदेखि निषेधाज्ञाः तरकारी तथा खाद्यान्न पसल विहान ३ घण्टा मात्रै खोल्न पाइने
-न्युजभित्तो

चितवन, १७ बैशाख । चितवनमा आजदेखि निशेधाज्ञ जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन थालेपछि वैशाख ३१ गतेसम्मको लागि  निशेधाज्ञा जारी गरेको हो । चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा अत्यावश्यक...

जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि...

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति
-न्युजभित्तो

टीकापुर, १७ वैशाख  । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ...

निषेधाज्ञामा आजदेखि थप कडाइ
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख  । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार...