सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोकिएको समयभन्दा अगाडि पक्की पुल निर्माण सम्पन्न


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १०:४१ 
  • खोटाङ, २० वैशाख । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन ४० मिटर लामो प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल ढलानको काम तोकिएको समयभन्दा महिना दिनअगाडि नै सम्पन्न गरिएको हो । निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिले यही वैशाख १२ गतेदेखि पुलको बिम तथा स्ल्याब ढलान शुरु गरेको थियो । ढलानको काम सम्पन्न गरिएको उक्त पुलको अन्य काम २८ दिनपछि टेण्डम वायर तानेपछि मात्र शुरु गरिने निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताउनुभयो ।

    स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण शुरु गरिएको पुल विसं २०७६ असार ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । निर्माण कम्पनीले २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो ।

    रु पाँच करोड ६० लाख १० हजार ५४५ मा सम्पन्न हुने पुलमा गाउँपालिकाको रु दुई करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त लगानीमा उक्त पक्की पुल निर्माणको काम शुरु गरिएको हो । गत वर्ष कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको बन्दाबन्दीको समयमा पनि निर्माण कम्पनीले उक्त निर्माणाधीन पक्की पुल निर्माणको कामलाई निरन्तरता दिएको थियो ।

    दिक्तेलबाट खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सुखोलामा प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो । विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सुखोलामा पुल निर्माणको काम अघि बढाइएको पक्की पुल बिममा तार घुसाएर तार तन्काएपछि तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल भएको जनाइएको छ ।

    साप्सुखोलामा पक्की पुल निर्माण भएपछि दक्षिणी क्षेत्रको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयवासीलाई साविकको सदरमुकाम दिक्तेल आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ । साप्सुखोलामा पक्की पुलको अभाव हुँदा उक्त सडकखण्डमा हिउँदभर करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको थियो । लामो समयसम्म अवरुद्ध हुँदै आएको सडकखण्डमा पर्ने साप्सुखोलामा पक्की पुल बनेर सञ्चालनमा आउने भएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् ।

    दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडकखण्डका खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका जोड्ने तापखोलामा भर्खरैमात्र मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.