सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दैलेखमा मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १०:४४ 
  • दैलेख, २० वैशाख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

    मानिसको आवागमन नरोकिए झनै समस्या बढ्नसक्ने भन्दै बैठकमा छलफल भएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति दैलेखको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । “दुई दिनको अवधि जिल्ला भित्रिने र जिल्लाबाट बाहिर अनिवार्य जानुपर्ने व्यक्तिका लागि दिइएको हो । मङ्गलबारबाट कडाइका साथ निषेधाज्ञा लागू हुन्छ”, प्याकुरेलले भन्नुभयो । निषेधाज्ञा अवधिमा खाद्यवस्तुको सहज आपूर्ति हुने तथा एम्बुलेन्स र बिरामीको उचित व्यवस्थापन हुने बताइएको छ । कसैले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको खण्डमा कडा कारवाहीको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

    मध्यपहाडी राजमार्गलगायतका विकास निर्माणका काम भने सामाजिक दूरी कायम गरेर निर्विवाद ढङ्गले सञ्चालन गरिने भएको छ । हरेक पालिकामा भएका ठूला विकासे योजना पनि सहजै सञ्चालन गरिनेछन् ।

    अक्सिजनका लागि अभियान थालिने

    जिल्लामा अक्सिजनको समस्या बढ्दै गएको छ । जम्मा १० बिरामीका लागि मात्रै अक्सिजन मौज्दात भएको भन्दै अक्सिजन प्लान्ट जडान गर्ने कार्य तीव्र पार्न बैठकले निर्देशन दिएको छ । अक्सिजन अभाव हुन नदिन जिल्लाका व्यापारी, बैंक, वित्तीय संस्था, गैरसरकारी सङ्घसंस्थालाई अक्सिजनको व्यवस्थापनका लागि बैठकले आग्रह गरेको छ । दैलेखमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अक्सिजन अभाव हुँदै गएकाले सम्बन्धित सबैलाई अक्सिजन व्यवस्थापनका लागि आग्रह गरिएको हो ।

    अक्सिजन मात्र नभई स्वास्थ्यकर्मीको समस्या जिल्लामा देखिएको छ । थप स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग स्वास्थ्यकर्मीको माग गर्ने निर्णय पनि बैठकले गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    बिरामी नल्याउन भनेपछि जिल्लाबासी चिन्तित

    दैलेखमा गम्भीर समस्या भएका कोरोना सङ्क्रमणका बिरामीलाई कर्णाली प्रदेश अस्पतालमा नल्याउनु भन्दै गरिएको दुव्र्यवहारप्रति पनि बैठकमा छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकले जानकारी दिएका छन् । ‘सुर्खेत प्रदेश राजधानी हो, प्रदेश सरकार त्यहाँ छ तर गम्भीर प्रकृतिका बिरामीलाई आफ्नै जिल्लामा व्यवस्थापन गर्नुहोस्, सुर्खेत नपठाउनुहोस्’ भन्दै प्रदेशले गम्भीर लापरवाही गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।

    दैलेखमा आइतबारसम्म १४७ नयाँ सङ्क्रमित देखिएका छन् । तीमध्ये १३३ सक्रिय सङ्क्रमित छन् । कोरोना जाँचलाई प्रभावकारी बनाउने हो भने सङ्क्रमितको सङ्ख्या धेरै हुनसक्ने अनुमान गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.