राष्ट्रिय

कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन : विकासमन्त्री सुवेदी
-न्युजभित्तो

कैलाली, २२ वैशाख ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको छ । उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई...

बेनी–जोमसोम सडक कालोपत्र शुरु
-न्युजभित्तो

गलेश्वर, २२ वैशाख । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ । मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न...

न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको...

परीक्षण नहुँदा गाउँगाउँमा सङ्क्रमणको त्रास
-न्युजभित्तो

सर्लाही,२२ वैशाख  ।  कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका...

अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल
-न्युजभित्तो

महेन्द्रनगर, २२ वैशाख । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेनद्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको जनशक्ति पनि...

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द
-न्युजभित्तो

नवलपुर, २२ वैशाख ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले...

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख ।नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता...

जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो
-न्युजभित्तो

बैतडी, २२ वैशाख । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी...

कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड- १९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि...

सिरहामा आंशिक निषेधाज्ञा
-न्युजभित्तो

लहान, २२ वैशाख । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...