सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जारी छ ‘एक पत्रकार एक ल्यापटप अभियान’


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १३:०५ 
  • गलकोट, २६ वैशाख । पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमबारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

    अभियानमा हालसम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको उहाँले थप २० जनाले ल्यापटप खरीदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो ।

    “नयाँ नेतृत्वले ल्याएको एक पत्रकार एक ल्यापटप अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभारम्भ गरी शाखाको स्थापना दिवसका अवसरमा आगामी असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशीलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्षसम्म चलाइने र अभियानको कूल खर्च रु ७० लाख रहेको छ ।

    ‘घर पछिको रहर ः सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएसँगै करीब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने आर्थिक सङ्कलन भएको छ । पत्रकार महासङ्घले यसअघि ‘हामी सबैको रहरः पत्रकार महासङ्घको घर’ सञ्चालन गरी झण्डै रु एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।

    कोभिड–१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा सावधानीपूर्वक प्रविधिको प्रयोग गर्दा सहज हुने भएकाले एक पत्रकार एक ल्यापटप अभियान चलाइएको छ ।

    पत्रकारलाई प्रविधिले निकै खर्चिलो बनाउँदै लगेका कारण पत्रकार महासङ्घले पत्रकारहरुलाई प्रविधि मैत्री बनाउने अन्य उपकरणसमेत प्रदान गर्ने लक्ष्य राखेको छ । पत्रकारलाई क्यामेरा, ल्यापटप, कम्प्युटर, हार्ड डिक्स, मेमोरी कार्ड, मोबाइल वाइफाइ, इन्टरनेट तथा पेनड्राइभ अति आवश्यक वस्तु भए पनि कतिपय पत्रकारहरुले आर्थिक अवस्था कमजोर र न्यूनतम पारिश्रमिक नपाउँदा खरीद गर्न समस्या हुने गरेको छ ।

    अभियानको शुरु भइसकेपछि पूर्वअध्यक्ष नारायणदत्त कँडेल, पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, पत्रकार महासङ्घ धौलागिरि शाखाका पूर्वउपाध्यक्ष दीपक गौतम र पत्रकार महासङ्घका साधारण सदस्य श्रीधर कँडेलले रु ५० हजारका दरले रकम सहयोग गरेको शाखाले जनाएको छ ।

    यस्तै शाखाको अध्यक्ष कँडेलले आफूलाई कोरोना बीमाबापत आएको रकममध्ये रु ५५ हजार ५५५ एक पत्रकार एक ल्यापटप अभियानमा सहयोग गर्नुभएको छ । उहाँका अुसार रोजगारीका लागि विभिन्न देशमा रहनुभएका शुभेच्छु तथा व्यावसायिक व्यक्तिहरु झण्डै २० जनाले ल्यापटप खरीदका लागि रकम पठाउने प्रतिबद्धता जनाएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.