सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलजलामा फुजी स्याउको बगैँचा स्थापना


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १३:२६ 
  • खलङ्गा,२६ वैशाख । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो ।

    कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउको विरुवा रोपेर बगैँचा शुभारम्भ गर्नुभयो । उहाँ भन्नुभयो ,“ लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो । डाक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन ।

    बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने ।”बगैँचामा एकैपटक ३० हजार विरुवा रोपिएको हो । स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने उहाँले जानकारी दिनुभयो । एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भन्नुभयो ,“ यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसंगै केही आशाका किरण पलाएको छ ।

    ” उहाँले बगैँचामा विरुवा रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भएको , ८७ जनाले जग्गा भाडामा दिएको र एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको बगैँचा निर्माण गरिएको जानकारी दिनुभयो । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । उहाँका अनुसार एक दिनमा २५० कामदारले रोजगार पाउनुका साथै एक आयोजना प्रमुख, दुई लेखापाल, एक ओभरसियर , दुई स्टोर किपर , १२ हेल्पर , चार जेटिए र चार चौकीदार राखिएको छ । दुई सहजकर्ता, तीन चालक र तीन सहचालक राखिएको छ ।

    गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुशी छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने जनाएका छन् । लगानीकर्ता भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो ,“ यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ । २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ । ” स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको भण्डारीले भन्नुभयो ,“ बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसंगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु । यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्परहेको सो फर्मका संचालक भण्डारीले बताउनुभयो ।

    “ सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरणा परियोजना कार्यनयन इकाईका प्रमुख नमराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजि जातको स्याउ व्यवसायिक खेतीमा आकर्षण भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.