सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार ११:३३ 
  • नवलपुर, २६ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् ।

    कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । प्रहरीले सङ्कलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताउनुभयो ।

    व्यवसायीसँग प्रहरीले सङ्कलन गरेका अक्सिजन सिलिन्डर जिल्लाभित्रका कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिनुभयो । डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्तान्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । अक्सिजन सिलिन्डर ग्रिल उद्योग, वर्कशप, कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट सङ्कलन गरिएको हो ।

    जिल्लामा हालसम्म कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.