आज चीनले दिएको खोप लिन नेपाल वायुसेवाको विमान बेइजिङ जाँदै
न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार ०८:२३
काठमाडौं, १७ जेठ। नेपाल एयरलाइन्सको चार्टर विमान आज सोमबार बेइजिङ जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग दिने खोप लिन विमान बेइजिङ उड्न लागेको हो ।
नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिनुभयो । उहाँका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।
उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने छ। गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गर्नुभएको थियो ।
जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।