सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेलम्ची नगरपालिकालाई कामपाको रु दुई करोड सहयोग


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १६:०१ 
  • काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।

    आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो ।

    गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो । मेलम्ची काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

    उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाले मेलम्चीको वडा नं १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकूद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.