राष्ट्रिय

टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण
-न्युजभित्तो

 काठमाडौं,१० साउन । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट...

नवलपरासीमा एक बालिकाको हत्या
-न्युजभित्तो

नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

बकुलहर रत्ननगर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै
-न्युजभित्तो

चितवन, १० साउन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन÷अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले...

कोरोना भाइरस महामारीले रोकिएका त्रिविका परीक्षा आजदेखि
-न्युजभित्तो

काठमाडौँ, १० साउन । कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ । आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार आज बीए, बीएड र...

मुम्बईमा बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप
-न्युजभित्तो

जलेश्वर, १० साउन । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी...

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी
-न्युजभित्तो

फुङ्लिङ, १० साउन । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु...

दुधमा अनुदान दिदै बन्दीपुर
-न्युजभित्तो

तनहुँ, १० साउन । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान...

हुप्सेकोट गाउँपालिका आज वन्द हुने
-न्युजभित्तो

नवलपुर, १० साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका...

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जना सङ्क्रमित
-न्युजभित्तो

काठमाडौं,९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म...

पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण
-न्युजभित्तो

कास्की, ९ साउन । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा...