सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षाले अवरुद्ध भएका गाउँका सडक अझै खुलेनन्


  •    न्युजभित्तो/१४ श्रावण २०७८, बिहीबार १५:३८ 
  • डोटी, १४ साउन । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् । भारी वर्षात्का कारण कम्तीमा पनि एक दजर्न बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा रहेका व्यापारीले अहिले गाउँमा दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको स्थानीयवासी उपभोक्ताको आरोप छ ।

    यातायातका साधन नहुँदा भरियाका सहायतामा सामान ढुवानी गर्नुपरेका कारण दैनिक उपभोग्य वस्तुको गाउँमा मूल्यवृद्धि गरिएको व्यापारी बताउँछन् । गाउँघरमा अहिले खानेतेल लिटरको रु २००, नुन प्रतिकिलो रु ४०, चिनी रु २०० सम्म लिने गरेको बडिकेदार गाउँपालिकाका स्थानीय उपभोक्ता रामबहादुर खत्रीले जानकारी दिनुभयो ।

    वर्षाले ठाउँठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द भएका छन् । पहिराका कारण अवरुद्ध भएका यहाँका सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको शैलेश्वरी यातायात प्रालि दिपायलले जनाएको छ । प्रशासनले यातायात सञ्चालनका लागि अनुमति दिए पनि वर्षाले अवरुद्ध भएका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण गाडी चलाउन समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

    सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका दिपायल–गड्सेरा, नापानी, राजपुर बोगटान, बिपीनगर–गड्सेरा, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोटलगायत सडक बिग्रिएर बन्द अवस्थामा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.