राष्ट्रिय

कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
-न्युजभित्तो

काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

बल्ल वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण
-न्युजभित्तो

वीरगञ्ज, २३ साउन ।  वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका छ । कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट...

दार्चुलामा बढ्न थाले स्क्रबटाइफसका बिरामी
-न्युजभित्तो

दार्चुला, २३ साउन ।  जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ...

भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय समाचार समिति(रासस)ले राखेका जिज्ञासमा...

रत्ननगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते
-न्युजभित्तो

चितवन,२३ साउन । रत्ननगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार राती रत्ननगर नगरपालिका–१ सौराहाचोक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रत्ननगर–१२ निवासी सन्देश चौधरीको घटनास्थलमै मृत्यु भएको हो । सौराहातर्फ जाँदै गरेको बागमती...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

ललितपुर, २३ साउन । वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ । महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय...

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको...

विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा
-न्युजभित्तो

बलेवा, २३ साउन । सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ । कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि...

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल
-न्युजभित्तो

काठमाडौँ, २३ साउन ।  सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी...

पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा
-न्युजभित्तो

मनाङ, २३ साउन। बाढीपहिराले पुयाएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ । असार १ गतेको बाढीपहिराले क्षति पु¥याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उहाँहरु आउनुभएको हो ।...