राष्ट्रिय

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
-न्युजभित्तो

मुस्ताङ, ४ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व...

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज काठमाडौँमा आयोजना गरेको दुई दिने बालअधिकार सिकाइ–सम्मेलनको दोस्रो दिन बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय संवादमा...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उहाँले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास ९आरएण्डडी०–१०० एवार्ड’ जित्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो । डा अधिकारी अमेरिकाको प्रतिष्ठित...

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
-न्युजभित्तो

चितवन, ३ भदौ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा...

विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले...

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १ भदौ । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली...

विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
-न्युजभित्तो

नारायणगढ , १ भदौ । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गराउनुपर्ने निर्णय समेत भएको छ । चालक तथा सहचालकलाई समय–समयमा...

न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
-न्युजभित्तो

बागमती, ३१ साउन । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका(१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो । साइक्लिङका...