राष्ट्रिय
हुम्ला, ८ भदौः हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन् । सोही कारणले गत...
काठमाडौं, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजलाई नैतिकता, आचरण र इमान्दारीको खाँचो रहेको बताउनुभएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न...
काठमाडौँ, ८ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही...
काठमाडौँ, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताउनुभएको...
काठमाडौँ, ८ भदौ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै...
चितवन, ८ भदौः भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक...
चितवन, ५ साउन । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर...
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा...
काठमाडौँ, ४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र, निष्पक्ष र संवैधानिक भूमिकाको पूर्ण सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको...
कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’ मा...
















