राष्ट्रिय

धनुषाको फलगामा महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला
-न्युजभित्तो

जनकपुरधाम, २४ असोज । धनुषाको नगराइन नगरपालिका– ४ फलगामा टोलकी एक महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला परेकी छन् । अन्दाजी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य मृत फेला परेका...

वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो...

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र गतिमा
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । दसैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ । दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो । अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै...

प्रजातन्त्रको विरुद्ध कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

पोखरा २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उनले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराए । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।...

आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ । रासस ...

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता
-न्युजभित्तो

कर्णाली, २४असोज । कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको...

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । हिन्दूहरुको महान चाड वडादसौंको उपलक्ष्यमा तारकेश्वर नगरपालिका–५ धितालथोकमा एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ । सुडी समाज युवा उपसमिति काठमाडौं, गाउँघर हेल्थ केयर सेन्टर, किवनिज क्लब अफ वाग्मती र नवरत्न आयुर...

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ : श्रममन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दसँैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारी गुमाएकाको पुनःस्थापना...

विद्युत्बाट खाना बनाउने चुलोको व्यवस्था गरिने : मन्त्री भुसाल
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युत्बाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताउनुभएको छ । गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले ग्यासको...