सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ चितवनद्वारा दिंवगत पत्रकारका परिवारलाई ५० हजार दिने निर्णय


  •    न्युजभित्तो/६ कार्तिक २०७८, शनिबार १५:४८ 
  • चितवन,६ कात्तिक । नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यका परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघ सदस्यको दिवंगत भएमा ५० हजार रुपैयाँ सहयोग गरिने बताए ।पत्रकारको दुस्खमा महासंघले सक्दो सहयोग गर्ने निति लिएको छू, उनले भने, पत्रकारको उपचार, विपद्मा समेत सहायता गर्न कल्याणकारी कोष वृद्धि गरिनेछ ।उनका अनुसार कार्यविधि बनाएर पत्रकारको उपचार, विपद्मा न्यूनतम आर्थिक सहयोग वितरण गर्न कोष रकम बढाउने छ ।

    जिल्ला शाखाले पहिलोपटक दिंवगत हुने पत्रकारलाइ सहयोग गर्ने निर्णय गरेको हो । चितवन शाखाले महासंघ सदस्यहरुको रु ७ लाख बराबरको दुर्घटना विमा समेत गरिसकेको छ । विमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता गरिने उनले बताए । यहि असोज ३१ गते दिवंगत भएका ४७ वर्षिय पत्रकार द्वारिका नेपालको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरिने महासंघले जनाएको छ । दसैंको टीका लगाउन रौतहटको चन्द्रनिगाहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस बनेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो । उनको मष्तिष्कघातका कारण निधन भएको थियो । चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.