सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामग्राम स्तूपमा आन्तरिक पर्यटकको पहलपहल बढयो


  •    न्युजभित्तो/६ कार्तिक २०७८, शनिबार १५:२० 
  • नवलपरासी, ६ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रामग्राम स्तुपमा आन्तरिक पर्यटकको पहलपहल बढ्न थालेको छ । कोभिड–१९ महामारीका कारण लामो समय पर्यटकीय गतिविधि ठप्प रहेको प्राचीन स्तूप क्षेत्रमा पछिल्लो पटक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

    सदरमुकाम परासीबाट तीन किलोमिटर दक्षिण रामग्राम नगरपालिका–७ उज्जैनी गाउँमा रहेको उक्त प्राचीन स्तूप भगवान् गौतम बुद्धको उत्खनन नगरिएको सिङ्गो अस्तुधातु रहेको स्थल हो । लामो समयपछि स्तूप क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको लुम्बिनी विकास कोष रामग्राम क्षेत्रका कर्मचारी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

    “कोरोना महामारी सुरु भएपछि स्तूप क्षेत्र सुनसान थियो, पछिल्लो पटक देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने क्रम बढेको छ,” उहाँले भन्नुभयो । स्तूप क्षेत्रमा नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट पनि उल्लेख्य मात्रामा पर्यटक आउने गरेकामा अहिले विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको मात्रै आगमन भइरहेको उहाँले बताउनुभयो । स्थलमार्ग हुँदै भारतबाट समेत पर्यटक आउन थालेको उहाँको भनाइ थियोे ।

    स्तूप क्षेत्रमा आउने पर्यटकहरु घुम्ने, प्रार्थना गर्ने र टिकटकमा रमाउने गरेका छन् । ऐतिहासिक पुरातात्विकस्थल भए पनि यस क्षेत्रमा स्तूपबाहेक अन्य पर्यटकीय पूर्वाधार नभएको भन्दै यहाँ आउने पर्यटक निराश हुने गरेका छन् ।

    लुम्बिनी विकास कोषका अनुसार भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्माणपश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तूपको निर्माण गरेको थियो ।

    सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तूप उत्खनन गरी त्यसलाई विभक्त गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन गर्न नदिएकाले बुद्धको आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूप मात्र पवित्र र उत्खनन नभएको स्तूपका रुपमा मानिन्छ । इतिहासविद् डा डब्लु होईले सन् १८९९ मा उक्त स्तूप पत्ता लगाउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.