राष्ट्रिय
काठमाडौँ, १४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिनुभएको हो । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे...
काठमाडौँ, १४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो ।...
सिद्धार्थनगर, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम...
रामपुर (पाल्पा), १४ कात्तिक । इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना...
काठमाडौँ, १४ कात्तिक । नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गयो । स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले खासमा ऊर्जा क्षेत्रमा लगानी गर्न...
लन्डन, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग...
चितवन, १४ कात्तिक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै...
कर्णाली,१४ कात्तिक । तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त हुनुहुन्छ । योग्यता प्राप्त भए पनि जागिरका लागि विदेश जाने युवाका अगाडि उहाँले उदाहरणीय काम गर्नुभएको छ । विपीनले एचए ९स्वास्थ्य...
परासी,१४ कात्तिक । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो । सङ्ग्रहालयका लागि रु...
लण्डन, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । नेपालका लागि सर्वदलीय...














