सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १२:२९ 
  • कञ्चनपुर, २३ कात्तिक । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले रु १६ करोडको लागतमा पुल निर्माण गरेको छ ।

    चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहँुदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताउनुभयो ।

    “पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ”, उहाँले भन्नुभयो, “गाउँका बासिन्दा बिरामी परे एम्बुलेन्ससमेत ल्याउन सकिने अवस्था थिएन । पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन ।” उहाँका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जालसमेत जोडिएको छ । कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.