राष्ट्रिय
काठमाडौँ, ११ कात्तिक । नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा...
काठमाडौं, १० कात्तिक। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूलाई प्रधानमनत्री नियुक्त गर्न दिएको परमादेशले संविधान र राष्ट्र बचाएको दाबी गरेका छन् । परमादेश जारी गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको...
हेटौंडा, १० कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै...
चितवन, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “सांसदका रुपमा...
काठमाडौं,९ कात्तिक । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६...
काठमाडौँ, ९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि...
काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण...
गण्डकी, ९ कात्तिक । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर...
गलेश्वर, ९ कात्तिक । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइपmलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको...
चितवन, ९ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्याङ्कन गरिने जानकारी दिनुभएको छ । राष्ट्रिय भूमि आयोगले आज यहाँ आयोजित प्रदेशस्तरीय समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीलाई...










