सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि तोके इजलास


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १२:११ 
  • काठमाडौँ, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणबाहेकमा मुद्दामा पनि पेसी तोकेका छन् । मंगलबार उनले आफूसहित १० वटा इजलास तोकेका छन् ।

    आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका थिए । उनले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका थिए ।

    प्रधानन्यायाधीशसहित तोकिएको संयुक्त इजलासमा न्यायाधीश कुमार चुडाल बसेका थिएनन् । उनले व्यस्तताको कारण देखाउँदै प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा बस्‍न नमानेको स्रोतले बतायो । चुडाल आफ्नै लागि तोकिएको एकल इजलासमा भने बसे ।

    न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजालस बसेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास पनि बसेको थियो ।

    प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफूलाई विभिन्न ७ वटा मुद्दामा पेसी तोकेका छन् ।

    न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनले मंगलबारदेखि आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.