सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १४:१२ 
  • डोटी, २३ कात्तिक । बाढीपहिरामा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरामा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले राहत प्रदान गरिएको हो । यसैगरी एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप रु एक लाखका दरले राहत प्रदान गरिएको प्रजिअ विष्टले जानकारी दिनुभयो । जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन् ।

    सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो । यसैगरी बाढीपहिराबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रजिअ विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ, अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ ।”

    यहाँका बाढीपहिरापीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिनुभयो । यसैगरी जिल्लाको जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप रु २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकाश पीडितको पालमुनी बास भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.