राष्ट्रिय

एमसीसी जबरजस्ती टेबल गरिए माओवादी सरकारमा नरहने
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको आज बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो...

स्थानीय चुनावमा राष्ट्रिय दलको मान्यता पाएका ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ ।...

एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै
-न्युजभित्तो

काठमाण्डौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज...

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसमा समय अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरिएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको केन्द्रीय कार्यसम्पादन...

देशभर थप ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,२ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ६२७९ जनामा पिसिआर परिक्षण गर्दा ४८२ जना र १४१७ जनामा एन्टीजेन परिक्षण गर्दा २६५ जना गरी जम्मा ८६९६* नमुनाको परीक्षण गर्दा ७४७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी
-न्युजभित्तो

काठमाडौँ,२ फाल्गुन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव...

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस
-न्युजभित्तो

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ प्रणय दिवस । क्रिश्चियन धर्मालम्बिहरुको यो पर्व अहिले सबै धर्मावलम्बिहरुले मनाउन थालेका छन् । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पश्चिमी देशहरुमा मनाइने...

एमाले संसदीय दलको बैठक बस्दै, केही न्यायाधीश र सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने
-न्युजभित्तो

काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको...

काठमाडौंको गोकर्णेश्वरमा पनि देखियो बर्डफ्लु
-न्युजभित्तो

काठमाडौं, १ फागुन । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको हो । पशु सेवा विभागले आइतबार विज्ञप्ती जारी गर्दै विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा...

राजनीतिको झड्का शेयरबजारमा, नेप्सेमा १०१ अङ्कको पहिरो
-न्युजभित्तो

काठमाण्डौं, १ फागुन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क...