सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाहिर कमाएको पूँजी र सिकेको सीप नेपालमा सदूपयोग गराैं : अर्थमन्त्री शर्मा


  •    न्युजभित्तो/८ चैत्र २०७८, मंगलवार १६:४६ 
  • काठमाडौं,८ चैत्र। अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन् ।

    मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् ।

    उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे । मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाइ छ ।

    त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सबैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे । मुलुकको बिकासका लागि वार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले विभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उनले बताए ।

    अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहको उल्लेख गरे । उनले ग्रामिण अर्थतन्त्रको बिकास नभएसम्म मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न नसकिने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.