सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्यादी प्रहरीमा व्यापक आकर्षण, कमाइको आशा कि रोजगारीको वाध्यता ?


  •    न्युजभित्तो/९ चैत्र २०७८, बुधबार १३:३२ 
  • काठमाडौं,९ चैत्र ।  आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु गरिएको हो ।

    भर्ना खुलेसँगै उपत्यकासहित देशभरका जिल्ला प्रहरी कार्यालयहरुमा डेढ महिने रोजगारीका लागि आवेदन दिन हजारौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् । थोरै अवधिका लागि आवेदन मागिएपनि यस्तो आकर्षण देखिनु मुलुकमा बेरोजगारीको डरलाग्दो अवस्थामा प्रतिबिम्बित भएको छ ।

    सामान्यतया हरेक व्यक्तिलाई स्थायी जागिरकै चाहना हुन्छ । अस्थायी जागिरले अल्पकालिन फाइदा दिएपनि दीर्घकालीन सोच राख्नेले स्थायी जागिरमै रुची देखाउनु स्वाभाविक हो । तर, नेपालमा ४० दिनका लागि जागिर खान आवेदन मागिँदा समेत लाखौंको संख्यामा युवाहरु आवेदन लिएर लाइन लाग्ने गरेका छन् ।

    यो प्रसंग हो स्थानीय निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना प्रक्रियाको । यतिबेला म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलेसंगै दरखास्त दिन देशैभरका प्रहरी कार्यालयमा भिड लागेको छ ।

    मोरङ स्थायी घर भएकी आरजू श्री म्यादी प्रहरी बन्ने आशाले काठमाडौं आइन् । स्नातक पहिलो वर्षमा अध्ययनरत उनले थोरै समय भएपनि काम पाइने भएकाले म्यादी प्रहरीमा आवेदन दिएकी हुन् ।

    प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु भएको छ । भर्ना प्रक्रिया अन्तर्गत आइतबारदेखि चैत ११ गतेसम्म आवेदन फाराम भर्न समय दिइएको छ ।

    ४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको हो । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।

    म्यादी प्रहरीका लागि लामबद्ध युवाहरुको भीडले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । आवेदकहरु छोटो समयमा कमाइ गर्ने आशाले म्यादी प्रहरी हुनुलाई अवसरको रुपमा बुझिरहेका छन् ।

    म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि सीपमुलक तालिम लिएकासम्म छन् । योग्य भएर पनि अस्थायी प्रवृत्तिको यो जागिरमा आकर्षण हुनुले मुलुकमा बेरोजगारी बढेको बुझ्न कठिन छैन ।

    प्रहरी प्रधान कार्यालयकाअनुसार म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न वापत एकमुष्ठ ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ तोकिएको छ । देशभरकै प्रहरी कार्यालयमा म्यादीका लागि सोचेभन्दा बढि आवेदन पर्ने देखिएको छ ।

    सरकारले हरेक निर्वाचनअघि सुरक्षाका लागि म्यादी प्रहरीको आवेदन माग्ने गरेको छ । आवेदन दिनेको लाइनमा शिक्षित वर्ग समेतको संलग्नता हुनुले मुलुकमा पर्याप्त रोजगारीको अवसर नभएको र अस्थायी प्रवृत्तिको यो जागिर भएपनि गर्न जनमानस तयार भएको देखिन्छ ।

    म्यादी प्रहरीमा आकर्षण बढ्दा निर्वाचन सुरक्षा गर्ने काम त सहज होला, तर यसले देखाएको बेरोजगारीको अवस्थाले अनेक जटिल प्रश्नहरु खडा गरेको छ, यसलाई सम्बोधन गर्ने निकायले यो पक्षलाई पनि ध्यान दिने कि ?

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.