सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

९९ प्रतिशत नागरिकलाई खानेपानी उपलब्ध गराइने प्रधानमन्त्री देउवाको प्रतिबद्धता


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १६:५२ 
  • पाँचथर,७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गरेका छन् ।

    उनले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेका हुन् । सो आयोजनाबाट तुम्बेवा गाउँपालिका– १, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ ।

    सो अवसरमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पुर्याउने बताए । “स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्याउनु सरकारको दायित्व हो”, उनले भने, “सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकिएको छैन् । खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ । यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्छ ।”

    प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनःनिर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

    खानेपानीमन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको उल्लेख गर्दै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत् महसुल छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

    विसं २०७४ असारबाट सुरु गरिएको सो आयोजना रु ४५ करोड २० लाख नौ हजार ४०६ को लागतमा सम्पन्न भएको हो । आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने आयोजनाले जनाएको छ ।

    तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो । यस कार्यका लागि ११ केभिएको विद्युत् प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ ।

    आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । एक हजार ६०४ घरधुरीमा खानेपानी पुर्याउनुपर्ने लक्ष्य लिएको भएपनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको सङ्घीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.