सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पल शाहविरुद्धको मुद्दामा तनहुँ प्रहरीको अनुसन्धान सकियो


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १४:५४ 
  • काठमाडौँ,७ चैत्र। नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।

    अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।

    प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो ।

    अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । उनी विरुद्ध पूर्वी नवलपरासीमा पनि जाहेर परेको थियो । त्यसका लागि बयान गराउन शाहलाई गैंडाकोट समेत लगियो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि नाबालिक बलात्कार मुद्दामा शाहविरुद्ध अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.