राष्ट्रिय

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण शनिबार अपराह्नदेखि
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही...

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १४ को मृत्यु
-न्युजभित्तो

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य...

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणको पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास...

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा उच्चस्तरीय सुरक्षा व्यवस्था
-न्युजभित्तो

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक...

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका...

चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा, यसरी बनाइँदैछ सुरक्षा घेरा
-न्युजभित्तो

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि आगामी शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो...

राष्ट्रपति सीको भ्रमण : नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास
-न्युजभित्तो

शरच्चन्द्र भण्डारी काठमाडौँ । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको...

चीनका राष्ट्रपति सी चिनफिङ दुई दिनपछि नेपाल आउनुहुँदै
"राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने "
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति...

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नुभएको छ । विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी...

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा दशैँले प्रेरणा दिन सकोस् : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभएको छ । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै...