राष्ट्रिय

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज प्रेस विज्ञप्ति...

आज ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस, समृद्धि हासिल गर्न दिवसले मद्धत पुग्ने राष्ट्रपतिको विश्वास
-न्युजभित्तो

काठमाडौँ । आज ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र...

चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना
"‘द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रम ओलीसँग काम गर्न चीन प्रतीक्षारत' "
-न्युजभित्तो

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर हालै उहाँले मिर्गौला प्रत्यारोपण गर्नुभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र...

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार, हिँड्न र ‘नर्मल’ खाना खान थाल्नुभयो (अस्पतालको विज्ञप्तिसहित)
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित प्रेस ब्रिफिङ अन्तर्गत अहिले दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले सामान्य हिँडडुल गर्न र ‘नर्मल’ खाना...

कोरोनाको सङ्क्रमण भित्रिन नदिन सीमामा निगरानी बढाइने
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।...

उपभोग्य वस्तुमा कालोबजारी गरे कडा कारवाही हुने, औषधि पठाउन भारत सहमत
-न्युजभित्तो

काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तुको कालोबजारी गरिए कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको विषयलाई लिएर अनावश्यक हल्ला चलाएर बजारमा उपभोग्य वस्तुको कालोबजारी गर्ने तथा अभावको अवस्था गराएको पाइए कानूनअनुसार कडा कारवाही हुने उल्लेख गर्दै सरकारले...

पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको मौज्दात पर्याप्त छ : आपूर्ति मन्त्रालय
-न्युजभित्तो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको मौज्दात पर्याप्त रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ । अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन...

एसइई परीक्षा सारिएको छैन : शिक्षा मन्त्रालय
-न्युजभित्तो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ । सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले...

प्रधानमन्त्रीले ठोस आहार खान र हिँडडुल गर्न थाल्नुभयो, एक हप्तामा ‘डिष्चार्ज’ गरिने
-न्युजभित्तो

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका...

श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउँछु : नवनियुक्त अध्यक्ष अर्याल
-न्युजभित्तो

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले...