सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लकडाउन’ छिट्टै अन्त्य हुँदैन, सीमामा अझ कडाइ हुन्छ : प्रधानमन्त्री

"‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’, ‘दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य छ’ "

  •    न्युजभित्तो/२९ चैत्र २०७६, शनिबार १६:५५ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासहरूको स्थितिका बारेमा जानकारी लिनु भएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रूम’बाट बिहान साढे ११ बजेदेखि अपरान्ह ३ बजेर ४० मिनेटसम्म चार घण्टाभन्दा बढी समयसम्म मुख्यमन्त्रीहरुसँग जानकारी लिनुका साथै यसबारे छलफल गर्नु भएको थियो ।

    त्यस अवसरमा प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तथा भइरहेका प्रयासहरूका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

    मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले यसबीचका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको पनि स्पष्ट गर्नुभयो । यस कार्यमा सरकार प्रभावकारी र सफल रूपमा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

    प्रधानमन्त्रीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनुभयो ।

    लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन ।’ यसमा नरम बनेर लापरबाही नगर्न पनि उहाँले सबैलाई सचेत गराउनुभयो ।

    प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नुहुँदै सरकार स्वयम्ले अथोरिटीका साथ काम गरेको हुनाले ‘१५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न’ सबैलाई स्पष्ट पार्नुभयो । स्वयम्सेवकहरू स्वयम्सेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

    ‘लकडाउनमा प्रशासनिक लापरवाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्छ, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने छ’ प्रधानमन्त्रीको भनाई छ । उहाँले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो । साथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.