दक्षिणी नाकामा दुई किलोमिटरको अन्तरमा सशस्त्रको सुरक्षाचौकी स्थापना, अब नौ सय एक सुरक्षा निगरानीचौकी
न्युजभित्तो/२६ चैत्र २०७६, बुधबार २०:५३
नारायण ढुङ्गाना काठमाडौँ । खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने सम्भावित गोरेटो बाटोलाईसमेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिनुभएको छ ।
प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै दुई हजार दुई सय ७० जनाको थप फोर्स थपिएको छ । यसअघि तीन हजार सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए । पहिले करिब १६ देखि १७ किलोमिटर दुरीमा सीमा निगरानी चौकी (बिओपी) रहेकामा थप फोर्स परिचालन गरेसँगै बढीमा हरेक दुई किलोमिटरको दुरीमा चौकी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फोर्स थपिएसँगै अहिले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायीसहित सुरक्षा निगरानीचौकी नौ सय एक पुगेको छ । जोखिमलाई मध्यनगर गरी पहिले रहेको एक सय २० स्थायी निगरानी चौकीसँग समन्वय गर्ने गरी थप टोली खटाइसकेको र मङ्गलबारदेखि काम थालिसकेको श्रेष्ठले जानकारी दिनुभयो । यसले अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेको छ ।
“सशस्त्रको फोर्सले मङ्गलबारदेखि काम थालिसक्यो, कतिपय ठाउँमा स्थानीय तहसँग समन्वय गरेर चौकीका लागि आवश्यक सामग्री जुटाइएको र कतिपय आफ्नै टेन्टमा राखिएको छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार अब कोही मानिस सीमाको मुख्य विन्दुबाट मात्रै होइन साना–साना गोरेटा र अन्य खुला क्षेत्रबाट समेत आवतजावत गर्न सक्ने छैनन् ।
केही जङ्गल क्षेत्रमा आँखा छल्न खोजे पनि आवश्यक गौँडामा प्रहरी चौबिसैघण्टा परिचालन हुने भएकाले त्यो सम्भावना छैन । फोर्स थपिएसँगै सीमा क्षेत्रमा सशस्त्रका मात्रै पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबै बाहिनीपतिलाई श्रव्यदृष्य (भिडियो) सम्मेलनमार्फत सीमाको सुरक्षा चुस्त पार्न निर्देशनसमेत दिनुभएको छ ।
गृहमन्त्री थापाका अनुसार दक्षिणी नाकाको सुरक्षालाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढी कडाइ गर्न सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मा दिइएको छ । सबै निकाय गरेर सीमा क्षेत्रमा ११ हजार सुरक्षा फोर्स खटाइएको र अझै तीन÷चार हजार फोर्स थप्ने क्रममा सरकार रहेको छ ।
सरकारले दक्षिणी सीमा क्षेत्रबाट रोगको सङ्क्रमणको जोखिम देखिएकाले अन्य आवश्यक तयारी थालेको छ । सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले पनि आवश्यक कदम उठाउन थालेको छ । सातवटै प्रदेशमा डेडिकेट अस्पताल स्थापना गर्ने प्रक्रियासमेत अगाडि बढेको गृहमन्त्री थापाले बताउनुभयो ।
मुलुकमा कोभिड–१९ को जोखिम बढेकाले यही चैत ११ गतेदेखि सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्किन आदेश जारी गरेको थियो । उक्त आदेश तेस्रो हप्तामा चलिरहेको छ । अझै केही हप्ता सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको सरकारले जनाइसकेको छ । अहिलेको समयमा घरमै बस्ने, मास्क लगाउने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने, हात नमिलाउने, सामाजिक दुरी कायम गर्नेजस्ता क्रियाकलाप गरे कोभिड–१९ बाट बच्न सकिने चिकित्सकले बताएका छन् ।
पहिलो पटक चीनको वुहानमा देखिएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
यो नयाँ प्रजातिको भाइरस हो । जुन मानवजातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास समस्या गराउन सक्दछ । दक्षिणी नाकामा सरकारले क्वारेन्टाइन बनाए पनि जथाभावीरुपमा मानिस आवतजावत गर्दा रोग सर्ने सम्भावना भएकाले सरकारले थप कडाइ गरेको हो । रासस
नारायण ढुङ्गाना
काठमाडौँ । खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने सम्भावित गोरेटो बाटोलाईसमेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिनुभएको छ ।