कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सरकारको कदम सही रहेको नेकपाको निष्कर्ष
न्युजभित्तो/२५ चैत्र २०७६, मंगलवार २२:०७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही रहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकका निर्णय बारे जानकारी दिँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आ–आफ्ना महत्त्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो ।’ सचिवालय सदस्यहरुले बैठकमा प्रस्तुत भएका सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि जोड दिनुभएको श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी आश्वस्त पार्नुभएको प्रवक्ता श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारम्भमै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभएको विज्ञप्तिमा जनाइएको छ । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवम् उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएका कामहरूको विस्तृत जानकारी गराउनुभएको पनि पार्टी प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभएको छ ।