सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ कोरोना सङ्क्रमित देखिएनन् : स्वास्थ्य मन्त्रालय


  •    न्युजभित्तो/२७ चैत्र २०७६, बिहीबार १९:३८ 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।

    मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताउनुभयो । उहाँले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताउनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।

    हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताउनुभयो ।

    बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्कर्मीलाई र्यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.