राजनीति
काठमाडौँ, ८ माघ । मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नेपाल–अमेरिका सम्बन्ध सुमधुर...
वासिङटन, ८ माघ । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराउनु भएको थियो । यसअघि उपराष्ट्रपति निर्वाचित कमला...
वाग्मती, ७ माघ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गर्नुभएको हो । प्रतिवेदन...
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग...
काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन...
वाग्मती, ६ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका...
रसुवा, ६ माघ । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा...
काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको छ । संवैधानिक इजलासमा सुनुवाइ भएको आज...
काठमाडौं, ५ माघ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सोमबार सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा...
काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा...












