सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठेक्काका बारेमा स्पष्टीकरण मागिरहेका छौं : मन्त्री अर्याल


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १३:१४ 
  • चितवन,६ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् ।

    बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताइन् । राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको बताइन् ।

    मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गरिन् । ‘अलिकति मल स्टक पनि छ । केही मल आउँदैछ, गत वर्षको जस्तो समस्या यसपटक हुँदैन,’ मन्त्री आर्यालले भनिन्, ‘बीउवीजनको पनि अभाव नहोस् भनेर हामी लागि रहेका छौं ।’

    मन्त्री आर्यालले मलको दीर्घकालीन समस्याको समाधान गर्न देश भित्र नै मल कारखाना खोल्ने विषय मन्त्रlपरिषदमा लैजाने तयारी गरिएको जानकारी  दिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.