सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन सुरु


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १२:४० 
  • बझाङ, ६ फागुन । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन्। अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७-७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।

    दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिनुभयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाँले बताउनुभयो । यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उहाँले बताउनुभयो । उहाँले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको जानकार दिनुभयो । यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.