राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १६:११
काठमाडौं,७ साउन । राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ ।