नेकपा एमाले भजनमण्डली होइनः नेता खनाल
चितवन,७ साउन । नेकपा एमालेका केन्द्रिय सदस्य सांसद कृष्णप्रसाद खनाल नेकपा एमाले भजनमण्डली नभएको प्रष्ट पार्नु भएको छ ।
पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समिति चितवनले आयोजना गरेको ४३ औं स्मृती सभालाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्षले एमालेलाई भजन मण्डली वनाउन लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो “आफ्नो कुराको पछि लाग्ने वाहेक अन्यको सुरा नसुन्ने गरेर भजन मण्डली वनाउन खोजियो ।” फरक बिचार राख्नेहरुको पनि सम्मान गर्न सिक्नु पर्ने उहाँको भनाई छ । ओलीकै कारण पार्टीमा बिग्रह आएको उहाँको आरोप थियो । उहाँले ओली नसचिएसम्म पार्टी एकता नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्रको कार्यशैलीमा अनेकन मतभेदहरु रहेको बताउनुभयो । “पार्टी फुट्नुहुदैन, हामी एकताकै पक्षमा छौं” उहाँले भन्नुभयो “एकताको विरोधी होइनौं, तर कसैको दास बन्न सक्दैनौं ।” संविधानको रक्षा गर्न भोट हालेका नेताहरुसंग कुनै स्पष्ट माग्नुपर्ने अवस्था नरहेको दावी गर्नुभयो ।
“माओवादी र एमाले मिल्दा त एमालेले ८१ मात्रै सिट जितेको थियो” उहाँले भन्नुभयो “पार्टी बिग्रहमा रहदा कसरी फेरि दुई तिहाइ मत आउला ।” पार्टी भित्र नविकरण अभियान नचलाउन आग्रह गर्नुभयो । समाजवाद उन्मुख गणतन्त्रको बाटोमा मुलुक जान नसकेको दुखेसो गर्नुभयो ।
भृकुटी कागज कारखानाको ५२ विघा जग्गा प्लटिङ गर्न मिल्ने अवस्थामा ओली नेतृत्वको सरकारलेनै पुर्याएको आरोप लगाउनुभयो । एमाले (खनाल–नेपाल पक्ष) चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले आँफुहरु एकताकै पक्षमा रहेको बताउनुभयो ।“अरिङगालबाट बाँदर प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलन सफल हुदैन”उहाँले भन्नुभयो “अहिले पनि नेताहरु सच्चिए एकता सम्भव छ ।”
एकपक्षीय ढंगले हिडेर गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । पुष्पलाल मित्रता केन्द्र ४० जिल्लामा विस्तार भैसकेको छ । २०७५ पुसमा स्थापना भएको केन्द्रले चितवनमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
मित्रता केन्द्रका जिल्ला अध्यक्ष सूर्य शर्मा लामिछानेले पछिल्लो महाधिवेशनमा विचार नीति नेपालको पारितहुदा नेतृत्व ओलीको बन्दा अहिलेको अवस्था भोग्नुपरेको आरोप लगाए । “अदालतले बारम्बार गरिएका गैरसंवैधानिक कामहरु खारेज गरिदियो, २ पटक पल्टिदा पनि चेत आएन” पार्टी अध्यक्ष ओलीलाइ इङ्गित गर्दै भन्नुभयो “संविधान बचाउन वैकल्पिक सरकारलाई समर्थन गरेका हौं ।
तपाईको प्रतिक्रिया











