सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री पौडेलद्वारा पुष्पलालको शालिक अनावरण


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १४:१२ 
  • वाग्मती, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच अनावरण गर्नुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको कार्यक्रममा पौडेलले शालिक अनावरण गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई सबैले आत्मसात् गर्न आग्रह गर्नुभयो ।

    उहाँले अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकामा दुःख व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले अहिले कम्युनिष्टलाई सिध्याउने खेल भइरहेको बताउनुभयो ।

    एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका वाग्मती प्रदेशका सङ्गठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा (माओवादी केन्द्र)का नेता कमानसिंह पाख्रिन, राप्रपाका गुरुप्रसाद सापकोटालगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.