राजनीति

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।  प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भिडियोमार्फत सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत...

कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि रु पाँच लाख सहयोग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण...

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये...

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बन्नुभएका  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ।  सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उहाँले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा...

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् गृहमन्त्री अर्याल
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक...

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी
-न्युजभित्तो

वीरगन्ज (पर्सा), १२ फागुन । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन्् । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै...

मतदाताको माझमा एमाले महासचिव पोखरेल
-न्युजभित्तो

देउखुरी (दाङ), ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ । मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा...

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ: अध्यक्ष ओली
-न्युजभित्तो

झापा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । दमकमा आज आयोजित कार्यक्रममा उहाँले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको...

सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइयो
-न्युजभित्तो

महेन्द्रनगर, ११ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय...

बदर मत घटाउन सक्रिय सहजकर्ता
-न्युजभित्तो

गलकोट (बागलु), ११ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ । यही फागुन ३ गतेदेखि थालिएको मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउन सघाउने अपेक्षा गरिएको छ ।   निर्वाचनका...