सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाताको माझमा एमाले महासचिव पोखरेल


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १७:०६ 
  • देउखुरी (दाङ), ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ ।

    मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको उहाँको भनाइ छ ।

    मतदाता भेटघाटका लागि घोराही–६ लालीगुरास टोलका स्थानीयले उहाँलाई सडक र सिँचाइको योजनाको काम थालनी भएकोमा धन्यवाद दिँदै बाँकी सडक ग्राभेल र कल्र्भट निर्माण गर्न माग गरेका छन् ।

    एमाले वडा कमिटी अध्यक्ष मोहन खड्काले एमालेको नेतृत्वमा वडामा गत वर्ष रु २० करोड बढीका योजना पार्न सफल भएको भन्दै यो वर्ष रु १७ करोड बढीको योजना सङ्घ, प्रदेश र स्थानीय सरकारबाट पारेको दाबी गर्नुभयो । मतदाता भेटघाटका लागि वडा नम्बर ४ र ७ मा पुगेको एमाले प्रचार टोलीसँग स्थानीयले चुनावका बेला गरिने वाचामा भन्दा यसअघि दलहरूले गरेको विकासका काम हेरेर मत दिने बताएका छन् ।

    हिजोका दिनमा सर्रादेखि वर्षातमा हातमा चप्पल र काँधमा साइकिल बोकेर हिँड्नुपर्‍यो घोराही–७ का क्रिमलाल चौधरीले भन्नुभयो । एमाले नेतृत्वको सरकारले बजेट हालेपछि अहिले सडक कालोपत्रे भएको छ । पुरानाले केही गरेनन् भन्ने भ्रम चिर्न सिङ्गो गाउँ नै लागि परेको उहाँको भनाइ छ ।

    महासचिव पोखरेलले टोलटोल बस्तीबस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किशानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.