सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बदर मत घटाउन सक्रिय सहजकर्ता


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १५:१० 
  • गलकोट (बागलु), ११ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ । यही फागुन ३ गतेदेखि थालिएको मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउन सघाउने अपेक्षा गरिएको छ ।  

    निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वडा–वडामा कर्मचारी खटाइएको छ । खटाइएका सहजकर्ता अहिले टोल–टोलमा पुगेका छन् । 

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार १० वटै स्थानीय तहमा ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम एकसाथ थालिएको छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउन मतदाता शिक्षा आवश्यक रहेको र त्यसका लागि नमूना मत चिह्नसहितको आवश्यक नमूना मतपत्रसहित वडा तहमा कर्मचारी खटाइएको छ । 

    रिजालका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो । 

    विशेषगरी नयाँ मतदाता, पहिलोपटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यावहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने छ ।  एक वडा एक सहजकर्ता खटाइएको छ । मतदातालाई मतदान प्रक्रियाको विषयमा जानकारी गराउँदै मतदाताहरूलाई दिएको शिक्षाको विषयमा आयोगमा जानकारी दिने काम भइरहेको बागलुङ नगरपालिका–१ का सहजकर्ता दुर्गा शर्माले जानकारी दिनुभयो । उहाँले अधिकांश जनतालाई मतदानको विषयमा जानकारी भएको र सिकाएको कुरा चासो दिएको बताउनुभयो । 

    कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी गराउँदै घर–घरमा हिँडेको शर्माको भनाइ छ ।  शर्मा जस्ता ८५ वडाका सहजकर्ताले फागुनको १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् । 

    जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।  ८५ वटा वडामा ८५ वटा मतदाता शिक्षा सहजकर्ता खटाएर फागुन ३ गते वडामा पठाइएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.